नियम ११
निरीक्षण वा अनुगमन गर्ने

(१) सेवा केन्द्रको निरीक्षण वा अनुगमन मन्त्रालय आफैले गर्न वा मन्त्रालयले आफ्नो मातहतको कुनै निकाय वा कर्मचारीलाई सो कार्य गर्न आवश्यकता अनुसार खटाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सेवा केन्द्रको निरीक्षण वा अनुगमन गर्न मन्त्रालयले आफ्नो मातहतको कुनै निकाय वा कर्मचारीलाई खटाएमा सो निकाय वा कर्मचारीेले सो को प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सेवा केन्द्रको निरीक्षण वा अनुगमन गर्दा कुनै सेवा केन्द्रले नियम १० बमोजिम निर्धारित मापदण्ड पूरा नगरेको वा मन्त्रालयले तोकेको शर्तहरु पालना नगरेको देखिएमा मन्त्रालयले त्यस्तो मापदण्ड पूरा गर्न र शर्तहरु पालना गर्न सम्बन्धित सेवा केन्द्रलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित सेवा केन्द्रको कर्तव्य हुनेछ ।
(५) उपनियम (३) बमोजिम दिइएको निर्देशन कुनै सेवा केन्द्रले पालना नगरेमा मन्त्रालयले त्यस्तो सेवा केन्द्रको स्वीकृति रद्द गर्न सक्नेछ ।
तर त्यसरी स्वीकृति रद्द गर्नु अघि सम्बन्धित सेवा केन्द्रलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।